रसुवा भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा फेला

Image
Nisarga Hospital

रसुवाको टिमुरेस्थित भन्सार कार्यालयका अधिकृत नकुल शर्मा मृत अवस्थामा फेला परेका छन्। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखातर्फ त्रिशूली नदीको किनारमा फेला परेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नदीको तटीय क्षेत्रमा खोजी गर्ने क्रममा शर्माको शव भेटिएको हो। हुम्लाको ताजाकोट गाउँपालिका–२ का स्थानीय शर्मा टिमुरे भन्सार कार्यालयमा अधिकृतका रूपमा कार्यरत थिए।

Attariya Hospital

शवको पोस्टमार्टमपछि परिवारले बुझेको प्रहरीले जनाएको छ। बाढीपछि त्रिशूली नदीमा आएको भेलले बगाएका अन्य व्यक्तिको खोजी कार्यसमेत जारी छ। गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ। बाढीका कारण रसुवा, नुवाकोट, गोरखा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ।

nawajiwan