सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह चुस्त बनाउन मुख्यमन्त्री भट्टको निर्देशन

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सेती प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र चुस्त बनाउन निर्देशन दिएका छन्। मंगलबार अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री भट्टले उपलब्ध स्रोतसाधन र जनशक्तिको अधिकतम उपयोग गरी नागरिकलाई गुणस्तरीय सेवा दिन निर्देशन दिएका हुन्।

CP Hospital Dhangadhi

आफ्नो प्रतिबद्धताअनुसार अस्पतालको दोस्रो पटक अनुगमन गरेका भट्टले अस्पतालमा आउने कुनै पनि नागरिक सेवा पाउनबाट वञ्चित हुन नहुने बताए। उनले बिरामी तथा सेवाग्राहीप्रति गरिने व्यवहारमा सुधार गर्दै अनावश्यक ढिलासुस्ती र झन्झटको अवस्था अन्त्य गर्न निर्देशन दिए।

Attariya Hospital

अस्पतालमा थप आवश्यक सेवा–सुविधाका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने उनको भनाइ थियो। सेवा प्रवाहसँगै अस्पतालको भौतिक तथा संरचनागत सुधारमा पनि प्रदेश सरकारले प्राथमिकता दिने उनले बताए। अस्पतालको समग्र व्यवस्थापन सुधार गर्दै नागरिकले सहज र प्रभावकारी रूपमा स्वास्थ्य सेवा पाउने वातावरण बनाउन आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन उनले निर्देशन दिएका छन्।

nawajiwan