सुरुङ उद्धारमा जलविद्युत आयोजनाका प्राविधिकसँग समन्वय भएन : कुलमान घिसिङ

Image
Nisarga Hospital

भोटेकोशी–त्रिशूली बाढीपछि जलविद्युत आयोजनाका सुरुङमा फसेका मानिसको उद्धारमा आयोजनाका प्राविधिक जनशक्तिसँग पर्याप्त समन्वय हुन नसकेको नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। उनका अनुसार सुरुदेखि नै सम्बन्धित आयोजनाका इन्जिनियर र परियोजना व्यवस्थापकसँग सहकार्य गरी योजना बनाएको भए उद्धार थप प्रभावकारी र छिटो हुन सक्थ्यो।

CP Hospital Dhangadhi

घिसिङले नेपाली सेनाले सुरुङ प्रवेश गर्नुअघि आयोजनाका प्राविधिकसँग छलफल गरी मुख्य तथा वैकल्पिक पहुँचमार्ग पहिचान गर्नुपर्ने बताए। बाढीले सुरुङका प्रवेशद्वार पुरिएका स्थानमा ठूला एक्स्काभेटर, पानी निकाल्न उच्च क्षमताका पम्प र जेनेरेटर तथा उपकरण पुर्‍याउन ठूला हेलिकप्टर आवश्यक रहेको उनको भनाइ छ।

Attariya Hospital

रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा आफू करिब २५० मिटरसम्म हिँडेर पुगेको बताउँदै उनले समयमै पानी निकाल्न सके उद्धार अघि बढाउन सकिने अवस्था रहेको दाबी गरे। मानिसहरू सुरुङभित्रका कोठामा रहेको भनिएकाले सुरक्षित रूपमा ती स्थानसम्म नपुगी उनीहरू नभएको निष्कर्षमा पुग्न नहुने उनले बताए।

nawajiwan

घिसिङले उद्धारमा काम गर्ने इच्छाशक्ति देखिए पनि जलविद्युत संरचना बुझेर समन्वय गर्ने अनुभवको कमी देखिएको टिप्पणी गरे। आवश्यक परे आफ्नो जलविद्युत क्षेत्रको अनुभव साझा गर्न तयार रहेको बताउँदै उनले विपद्का बेला सरकार, स्थानीय तह, प्राविधिक र नागरिक सबैलाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।