बाढी प्रभावित नेपाललाई चीनको दोस्रो चरणको राहत, डीएनए विज्ञसहित सामग्री काठमाडौं आइपुग्यो

Image
Nisarga Hospital

चीन सरकारले भोटेकोशी–त्रिशूली बाढी प्रभावित नेपालका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२० ठूलो ढुवानी विमानमार्फत साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राहत सामग्री ल्याइएको हो। सामग्रीसँगै डीएनए पहिचानसम्बन्धी पाँच चिनियाँ विज्ञसमेत नेपाल आएका छन्।

CP Hospital Dhangadhi

नेपालस्थित चिनियाँ दूतावासका अनुसार चीनले नेपालको तत्काल आवश्यकता र विपद् प्रभावित क्षेत्रमा देखिएको मागअनुसार राहत सामग्री पठाएको हो। राहत सामग्रीमा ड्रोन, डीएनए परीक्षणका उपकरण तथा अभिकर्मक, पानी शुद्धीकरण उपकरण र प्रकाशसम्बन्धी सामग्रीलगायत समावेश छन्।

nawajiwan
Attariya Hospital

राहत सामग्री हस्तान्तरण तथा चिनियाँ विज्ञ टोलीको स्वागत कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए।

नेपालमा विनाशकारी बाढीपछि उद्धार तथा राहतसँगै मृतक र बेपत्ताको पहिचान चुनौतीपूर्ण बनेका बेला चीनबाट आएको डीएनए विज्ञ टोलीलाई महत्वपूर्ण सहयोगका रूपमा हेरिएको छ। पाँच सदस्यीय टोली नेपाल आइपुगेलगत्तै बाढी प्रभावित क्षेत्रमा खटिने र सम्बन्धित नेपाली निकायसँग सहकार्य गर्दै डीएनए परीक्षण तथा पहिचानमा प्राविधिक सहयोग गर्ने दूतावासले जनाएको छ।

चीनले यसअघि पनि नेपालमा राहत सामग्री र प्राविधिक विज्ञ टोली पठाउँदै आएको छ। पछिल्लो सहयोगले खोज, उद्धार, प्रभावितको पहिचान तथा विपद् प्रतिकार्यमा थप प्राविधिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।