भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ९ बजे सार्वजनिक गरेको विवरणअनुसार बाढीमा परी ठूलो जनधनको क्षति भएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।

Attariya Hospital

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन्। बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले खोज तथा उद्धार अभियान जारी राखेका छन्।

nawajiwan

हालसम्म प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीनको खोजी, शव पहिचान तथा उद्धार कार्यलाई थप तीव्र बनाइएको छ। बाढीले प्रभावित जिल्लामा ठूलो भौतिक क्षति पुर्‍याएपछि राहत तथा पुनःस्थापनाको कामसमेत चुनौतीपूर्ण बनेको छ।