भोटेकोशी बाढीपीडितका लागि धनगढी जेन्जी समुदायको राहत टोली रसुवा प्रस्थान

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री लिएर धनगढी जेन्जी समुदायको पाँच सदस्यीय टोली बुधबार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।

CP Hospital Dhangadhi

धनगढी जेन्जी समुदायको पहलमा संकलन गरिएको राहत सामग्री बोकेर टोली रसुवाका बाढी प्रभावित क्षेत्रमा गएको हो। टोलीले बाटोमा समेत थप राहत सामग्री संकलन गरी प्रभावित नागरिकसम्म पुर्‍याउने जनाएको छ।

धनगढीका जेन्जी संरक्षक तथा समाजसेवी दीर्घराज जोशीले बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै विपद्को समयमा धनगढीका जेन्जी समुदायले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति समेत आभार व्यक्त गरे।

nawajiwan

जेन्जी अनस सिद्धगीले बाढीका कारण धेरै नागरिक घरबारविहीन भएको भन्दै धनगढी मात्र नभई कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रबाट समेत सहयोग प्राप्त भएको बताए। सहयोगी तथा व्यापारीहरूले जेन्जी समुदायमार्फत राहत सामग्री उपलब्ध गराएको र कतिपयले बाटोमै राहत सामग्री लैजान आग्रह गर्दै सम्पर्क गरेको उनले जानकारी दिए।

Attariya Hospital

‘हामीले गाडीमा थप राहत सामग्री राख्ने ठाउँ पनि छुट्याएका छौँ,’ सिद्धगीले भने, ‘बाटोमा पनि सम्भव भएसम्म राहत सामग्री संकलन गर्दै प्रभावित क्षेत्रमा पुर्‍याउनेछौँ।’

त्यस्तै, जेन्जी गौरव खड्काले बाढी प्रभावितका लागि राहत सामग्री संकलन अभियान सञ्चालन गरिएको र कैलाली तथा कञ्चनपुरका नागरिकबाट उल्लेख्य सहयोग प्राप्त भएको बताए। संकलित राहत सामग्री लिएर रसुवाका बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको जानकारी दिँदै उनले अभियानमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।

भोटेकोशी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि देशभरबाट सहयोग जुटिरहेको छ। धनगढीबाट पनि स्थानीय तह, निजी क्षेत्र, सामाजिक संस्था तथा विभिन्न समुदायले आर्थिक तथा राहत सामग्रीमार्फत सहयोग गरिरहेका छन्।