लिटिल बुद्ध एकेडेमीद्वारा भोटेकोशी बाढीपीडितका लागि ८ लाख २५ हजार सहयोग

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि लिटिल बुद्ध एकेडेमीले ८ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

CP Hospital Dhangadhi

विद्यालयले संकलित रकममध्ये प्रधानमन्त्री राहत कोषमा ७ लाख ५० हजार रुपैयाँ, एनप्याब्सन केन्द्रीय समितिलाई ५० हजार रुपैयाँ तथा हिसान केन्द्रीय समितिलाई २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको जनाएको छ।

उक्त रकम विद्यालय परिवारको संयुक्त पहलमा संकलन गरिएको हो। जसअन्तर्गत विद्यालयको तर्फबाट ३ लाख ५३ हजार ८ रुपैयाँ, शिक्षक तथा कर्मचारीबाट २ लाख ४४ हजार ७ सय ५२ रुपैयाँ र विद्यार्थीहरूबाट २ लाख २७ हजार २ सय ४० रुपैयाँ संकलन भएको थियो।

nawajiwan
Attariya Hospital

विद्यालयले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बाढीमा बेपत्ता भएकाहरूको यथाशीघ्र खोजी गरी सकुशल उद्धार होस् भन्ने कामना पनि गरिएको छ।

लिटिल बुद्ध एकेडेमी परिवारले विपद्को कठिन घडीमा सहयोगका लागि हातेमालो गर्ने विद्यालय, शिक्षक, कर्मचारी, विद्यार्थी तथा सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार व्यक्त गरेको छ।