रसुवा बाढीपीडितका लागि अत्तरियाको लोटस आई स्कुलको १ लाख ११ हजार सहयोग

Image
Nisarga Hospital

अत्तरियाः रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि अत्तरियास्थित लोटस आई इंग्लिस बोर्डिङ स्कुलले आर्थिक सहयोग प्रदान गरेको छ।

CP Hospital Dhangadhi

बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेको जनाएको छ।

विद्यालय परिवारले रसुवाको बाढीबाट प्रभावित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति हार्दिक समवेदना पनि प्रकट गरेको छ।

nawajiwan
Attariya Hospital

विपत्तिको कठिन घडीमा पीडित परिवारहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयले सहयोगको मूल्य केवल रकममा नभई मानवीय भावना, सहकार्य र एकअर्काप्रतिको जिम्मेवारीमा निहित हुने उल्लेख गरेको छ।

“हामीले सक्ने गर्‍यौँ, हामीले गर्‍यौँ,” भन्दै विद्यालय परिवारले सानो सहयोग पनि विपत्तिमा परेका नागरिकका लागि ठूलो आशा बन्न सक्ने विश्वास व्यक्त गरेको छ।

रसुवा बाढीपीडितको सहयोगमा विभिन्न संघसंस्था, शैक्षिक प्रतिष्ठान तथा व्यक्तिहरूले सहयोग अभियान सञ्चालन गरिरहेका बेला लोटस आई इंग्लिस बोर्डिङ स्कुलको यो सहयोगले पनि मानवीय एकता र सामाजिक उत्तरदायित्वको सन्देश दिएको छ।