रसुवा बाढीपीडितका लागि एसपीए कलेजका विद्यार्थीको सहयोग, राहत सामग्री पठाइयो

Image
Nisarga Hospital

धनगढीः रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि धनगढीस्थित एसपीए कलेजका विद्यार्थीहरूले राहत सामग्री सहयोग गरेका छन्। बाढीपीडितलाई आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले विद्यार्थीहरूले आपसमा सहयोग रकम संकलन गरी विभिन्न राहत सामग्री खरिद गरेर रसुवा पठाएका हुन्।

CP Hospital Dhangadhi

विद्यार्थीहरूको पहलमा सञ्चालन गरिएको सहयोग अभियानअन्तर्गत ३२ जोडी चप्पल, १२ पिस ग्लुकोज, १० प्याकेट मिल्क पाउडर, २५ दर्जन डायपर, १० पोका टिस्यु पेपर, १५ पोका खाने भुजा, ६ पोका चिउरा, एक पेटी चाउचाउ, एक प्याकेट पेन तथा दुई दर्जन बिस्कुट खरिद गरी प्रभावित क्षेत्रमा पठाइएको कलेजले जनाएको छ।

Attariya Hospital

प्राकृतिक विपद्का कारण कठिन अवस्थामा रहेका रसुवाका नागरिकलाई आफ्नो क्षमताअनुसार सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूले उक्त अभियान सञ्चालन गरेका हुन्। विपद्को समयमा पीडित नागरिकका लागि सानो सहयोगले पनि राहत र हौसला प्रदान गर्ने विश्वासका साथ विद्यार्थीहरू अभियानमा जुटेको कलेजको भनाइ छ।

nawajiwan

अभियानलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, कक्षा क्याप्टेन तथा भाइस क्याप्टेनप्रति कलेजले आभार व्यक्त गरेको छ। साथै, एसपीए कलेज धनगढीका कलेज क्याप्टेनले ‘Request to All Nepal’ मार्फत विपद्को यस कठिन घडीमा सबैलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिल गरेका छन्। विद्यार्थीहरूको यो पहलले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्मा एकजुट हुने भावना थप बलियो बनाएको छ।