बिहीबारको व्रत : विष्णु र वृहस्पतिको पूजा गर्ने धार्मिक मान्यता

Image
Nisarga Hospital

हिन्दू धार्मिक परम्पराअनुसार बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको पूजा–आराधना गर्ने दिन मानिन्छ। यस दिन श्रद्धापूर्वक व्रत र पूजा गर्दा सुख, समृद्धि, धन, सन्तान तथा विद्याको प्राप्ति हुने जनविश्वास रहेको छ। भगवान विष्णुसँगै माता लक्ष्मीको पूजा गर्ने परम्परा पनि छ।

CP Hospital Dhangadhi

धार्मिक मान्यताअनुसार बिहीबारको व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गर्न शुभ मानिन्छ। सो दिन अनुराधा नक्षत्र परेमा अझ विशेष फल प्राप्त हुने विश्वास गरिन्छ।

Attariya Hospital

पूजाका लागि बिहान स्नान गरी शुद्ध भई पहेँलो वस्त्र धारण गर्ने गरिन्छ। त्यसपछि पहेँलो फूल, चन्दन तथा प्रसाद भगवान विष्णुलाई अर्पण गरी श्रद्धापूर्वक पूजा गर्नुपर्छ। व्रतको दिन ‘ॐ गुरवे नमः’ मन्त्रको कम्तीमा पाँच माला जप गर्ने धार्मिक परम्परा छ।

nawajiwan

यो व्रत लगातार १३ महिना वा कम्तीमा सात महिनासम्म पालन गर्ने मान्यता रहेको छ। धार्मिक आस्था अनुसार विधिपूर्वक पूजा र व्रत गर्दा भगवान विष्णु र वृहस्पतिको कृपा प्राप्त हुने विश्वास गरिन्छ।