भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा बेपत्ता भएकामध्ये हालसम्म १ हजार २५२ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह्न १२ बजे जारी गरेको पछिल्लो बुलेटिनमार्फत बाढीबाट भएको मानवीय क्षतिको विवरण सार्वजनिक गरेको हो।

CP Hospital Dhangadhi

प्राधिकरणका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा ३५५ जना, नवलपरासी पूर्वमा २१८ जना, नवलपरासी पश्चिममा २०८ जना, नुवाकोटमा १७७ जना र रसुवामा १२७ जनाको शव फेला परेको छ।

त्यस्तै, गोरखामा ६९ जना, धादिङमा ६० जना तथा तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ। बाढीले भोटेकोशी र आसपासका नदी तटीय क्षेत्रहरूमा व्यापक जनधनको क्षति पुर्‍याएको छ।

nawajiwan
Attariya Hospital

विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य जारी रहे पनि अझै ४ हजार २१६ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। सुरक्षा निकाय, स्थानीय प्रशासन, स्वयंसेवक तथा विभिन्न निकायको संयुक्त प्रयासबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।

बाढीका कारण ५ हजार १३५ जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण, बेपत्ताको खोजी तथा क्षतिको विवरण संकलन गर्ने कार्य निरन्तर जारी रहेको प्राधिकरणले जनाएको छ।