गोदावरी कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

Image
Nisarga Hospital

अत्तरिया: नेपाली कांग्रेस गोदावरी नगर कार्यसमितिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।

CP Hospital Dhangadhi

गोदावरी नगर कांग्रेसका नेता तथा कार्यकर्ताहरूले आ–आफ्नो इच्छाअनुसार रकम संकलन गरी उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। संकलित रकम गोदावरी नगर समितिको कार्यालय अत्तरियामा एक कार्यक्रमबीच जम्मा गरिएको हो।

राहत सहयोग घोषणा कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति ललित रोकाया, गोदावरी नगर सभापति वीरबहादुर चोखाल लगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

nawajiwan
Attariya Hospital

गोदावरी कांग्रेसले केही समयदेखि सञ्चालन गर्दै आएको ‘जसको कोही छैन, उसको नेपाली कांग्रेस छ’ अभियानअन्तर्गत नै उक्त सहयोग गरिएको नगर सचिव योगेश भट्टले जानकारी दिए।

भट्टका अनुसार नेपाली कांग्रेस केन्द्रको निर्देशन बमोजिम विपद्का समयमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले पार्टीका नेता तथा कार्यकर्ताहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरी राहत कोषमा जम्मा गरिएको हो।