अपिहिमालमा पहिरोको जोखिम बढ्यो, भट्टार बस्ती सुरक्षित स्थानमा सारिँदै

Image
Nisarga Hospital

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका अन्तर्गत भट्टार क्षेत्रमा पहिरो जाँदा बाटो तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने भट्टार गाउँ उच्च जोखिममा परेको छ। पहिरोको जोखिम बढेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्ने कार्य थालिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिनुभयो।

CP Hospital Dhangadhi

पहिरोका कारण चौलानी नदीको बहावसमेत प्रभावित भएको छ। नदीको माथिल्लो क्षेत्रमा आएको पहिरोले केही भाग पुरिएको र पहिरो खस्ने क्रम अझै जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

Attariya Hospital

सम्भावित बाढी तथा आकस्मिक जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले बताउनुभयो। जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नदी किनार तथा आसपासका स्थानीयलाई सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

nawajiwan