भोटेकोशीमा तत्काल ठूलो बाढीको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ

Image
Nisarga Hospital

भोटेकोशी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। चिनियाँ समकक्षी निकायबाट प्राप्त सूचनाका आधारमा नदीमा तत्काल बाढीको जोखिम नदेखिएको महाशाखाको भनाइ छ। पुनः बाढी आउन सक्ने भन्दै विभिन्न माध्यमबाट धेरै फोन सम्पर्क आएपछि चिनियाँ निकायसँग नियमित समन्वय गरी अवस्थाको निरन्तर अनुगमन भइरहेको जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाले हाल प्राप्त सूचनाअनुसार भोटेकोशीमा ठूलो बाढी आउन सक्ने अवस्था नरहेको स्पष्ट पारेको हो। साथै, सामाजिक सञ्जाल तथा अन्य माध्यममा फैलिएका पुष्टि नभएका सूचना र हल्लाका पछि लागेर नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।

महाशाखाले नदीको जलस्तर र सम्भावित जोखिमबारे सम्बन्धित निकायसँग नियमित समन्वय भइरहेको जनाएको छ। बाढीको सम्भावना देखिएमा सर्वसाधारणलाई समयमै सचेत गराउन एसएमएसमार्फत पूर्वसूचना पठाउने व्यवस्था रहेको पनि स्पष्ट पारेको छ।

nawajiwan
Attariya Hospital

भोटेकोशी क्षेत्रमा यसअघि आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पछिल्लो समय नदीमा पानीको बहाव बढ्ने हल्लाले स्थानीयमा त्रास बढेको थियो। यस्तो संवेदनशील अवस्थामा आधिकारिक निकायबाट जारी हुने सूचनालाई मात्र आधार मान्न महाशाखाले आग्रह गरेको छ। साथै, सम्भावित जोखिमप्रति सतर्क रहँदै संयमित रहन र अनावश्यक हल्ला नफैलाउन समेत अनुरोध गरिएको छ।