मोरङ कारागारमा कैदीबन्दीबीच झडप, १९ जना स्थानान्तरण

Image
Nisarga Hospital

मोरङको विराटनगर–८ स्थित जिल्ला कारागारमा शुक्रबार दिउँसो कैदीबन्दीका दुई पक्षबीच झडप भएको छ। कैदीबन्दीलाई यातना दिएको तथा रकम असुल गरेको आरोपमा चौकीदार विशाल निरौला पक्षविरुद्ध अर्को समूहले विरोध गरेपछि विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

झडपपछि कारागारको ‘बी ब्लक’मा रहेका १९ जना कैदीबन्दीलाई बाहिर निकालेर अन्यत्र स्थानान्तरण गरिएको मोरङ प्रहरी प्रमुख कवित कटवालले जानकारी दिए। उनका अनुसार यसअघि बी ब्लकमा प्रहरी प्रवेशमा रोक लगाइएको थियो। शुक्रबार प्रहरीले उक्त ब्लकमा प्रवेश गरेपछि कैदीबन्दीको समूहले विरोध गर्दै नाराबाजीसमेत गरेको थियो।

Attariya Hospital

प्रहरीका अनुसार झडपपछि स्थिति नियन्त्रणमा लिइएको छ भने कारागारको अवस्था अहिले सामान्य रहेको छ। घटनाबारे थप विवरण तथा झडपको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan