
श्रीकृष्ण जन्माष्टमीको अवसरमा ‘जीवनका लागि गीता ज्ञान’ अभियानको संयोजन समिति पुनर्गठन तथा विस्तार गरिएको छ। अभियानका संस्थापक संयोजक डा. हरिचन्द्र कमलीका अनुसार पुनर्गठित समितिको संयोजकमा मिनराज अधिकारी चयन भएका छन्।

सहसंयोजकमा सुदनप्रसाद डोटेल, योगमाला सिर्जना मैनाली, डा. दीर्घराज जोशी, नारायण रेग्मी र चिन्तनमणि बस्याल रहेका छन्। प्रदेश संयोजकमा सुदूरपश्चिमका लागि धर्मराज जोशी, लुम्बिनीमा अर्जुनजंग रायमाझी, गण्डकीमा ज्यो.डा. हरिश्चन्द्र भण्डारी, बागमतीमा डा. अलका लम्साल रेग्मी र कोशीमा कमल अधिकारीलाई जिम्मेवारी दिइएको छ।
गीता ज्ञान सत्सङ्ग प्राचार्यमा डा. गोविन्दशरण उपाध्याय, युवा संयोजकमा अनिल खड्का र मिडिया संयोजकमा जनक महरा चयन भएका छन्। संकल्पकर्ता तथा संस्थापक संयोजकको जिम्मेवारी डा. हरिचन्द्र कमलीमै रहनेछ।


अन्तर्राष्ट्रिय संयोजकमा केदार बस्नेतको निरन्तरता कायम गरिएको छ भने अन्य देशका संयोजकलाई पनि यथावत् राखिएको छ। सल्लाहकार समिति संयोजकमा डा. चिन्तामणिनाथ योगी रहेका छन्। निवर्तमान संयोजक आचार्य सुरेन्द्र ओझालाई सल्लाहकार समिति सदस्यमा थप गरिएको छ।
यसअघि विभिन्न तहमा जिम्मेवारीमा रहेका अभियन्तालाई निरन्तरता दिँदै केही नयाँ अभियन्तासमेत समितिमा समेटिएका छन्। पुनर्गठित समितिका पदाधिकारीले अभियानलाई अझ व्यापक, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
भगवान् श्रीकृष्णलाई सभा अध्यक्षका रूपमा स्वीकार गर्दै ह्वाट्सएपमार्फत भएको छलफलको सञ्चालन डा. कमलीले गरेका थिए भने नवनिर्वाचित संयोजक मिनराज अधिकारीले समापन गरेका थिए।































