रसुवा बाढीका बेपत्ताको पहिचान गर्न सुदूरपश्चिममा डीएनए नमुना संकलन

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिहरूको पहिचानका लागि सुदूरपश्चिममा आफन्तहरूको डीएनए परीक्षण गर्न नमुना संकलन सुरु गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टका अनुसार हालसम्म कैलाली र कञ्चनपुरका ६–६ तथा डडेल्धुराका दुई गरी १४ जनाको डीएनए नमुना संकलन गरिएको छ।

CP Hospital Dhangadhi

भदौ १० गते भोटेकोशीमा आएको बाढीमा सुदूरपश्चिमका विभिन्न जिल्लाका २०९ जना बेपत्ता भएका थिए। तीमध्ये ५९ जना सम्पर्कमा आइसकेका छन्। प्रहरीका अनुसार कैलालीका ४६, कञ्चनपुरका १०, बाजुराका दुई र डडेल्धुराका एक जना सम्पर्कमा आएका हुन्। अझै सुदूरपश्चिमका १५० जना सम्पर्कविहीन छन्।

Attariya Hospital

सम्पर्कविहीनमध्ये कञ्चनपुरका ३६, डडेल्धुरा र बाजुराका १६–१६, बैतडीका आठ, दार्चुलाका चार तथा डोटी, बझाङ र अछामका दुई–दुई जना रहेका छन्।

nawajiwan

नेपाल प्रहरीले बाढीमा मृत्यु भएका तथा बेपत्ता व्यक्तिहरूका आफन्तमध्ये हालसम्म ९७२ जनाको डीएनए परीक्षणका लागि नमुना संकलन गरिसकेको जनाएको छ। शनिबार बिहान ५ बजेसम्म बाढीमा परी मृत्यु भएका एक हजार ३४४ जनाको शव फेला परेको छ भने चार हजार ८९८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको पछिल्लो तथ्यांक छ।