रवीन्द्र खड्काको नेतृत्वमा गोदावरी होटल व्यवसायी संघको नयाँ कार्यसमिति

Image
Nisarga Hospital

अत्तरिया: गोदावरी होटल व्यवसायी संघको ९औँ साधारण सभा तथा ४औँ अधिवेशनले रवीन्द्र खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट उपाध्यक्षमा विष्णादेवी बोहरा, महासचिवमा दिलबहादुर खत्री, सचिवमा निर्मला पन्थी र कोषाध्यक्षमा लालबहादुर धामी निर्वाचित भएका छन्।

CP Hospital Dhangadhi

यस्तै, सदस्यमा लोकेन्द्रबहादुर सिंह, सुरेन्द्रबहादुर विष्ट, पवित्रा भण्डारी, डल्लु रानामगर, सीतादेवी चुनारा, रूपादेवी गौतम र विजय सिंह धामी चयन भएका छन्।

Attariya Hospital

शनिबार आयोजित अधिवेशनको उद्घाटन होटल व्यवसायी महासंघ नेपालका पर्यटन उपाध्यक्ष कलमबहादुर बमले प्रमुख आतिथ्यतामा गरेका थिए।

nawajiwan

अधिवेशनले होटल व्यवसायीका समस्या समाधान, व्यवसाय प्रवर्द्धन तथा पर्यटन विकासमा संघको भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा समेत जोड दिएको छ। नयाँ कार्यसमितिले अत्तरिया तथा गोदावरी क्षेत्रका होटल व्यवसायीको हकहितका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।