सुदूरपश्चिममा पहिलो राष्ट्रिय टी–१० क्रिकेटः सत्यवती एकेडेमी पनि सहभागी हुँदै, होटल जंगल स्पाको साथ

Image
Nisarga Hospital

सुदूरपश्चिममा पहिलोपटक राष्ट्रिय टी–१० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। कैलाली क्रिकेट संघको आयोजनामा असोज ४ गतेदेखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा अत्तरियास्थित सत्यवती एकेडेमीले पनि सहभागिता जनाउने भएको छ। राष्ट्रियस्तरको महत्वपूर्ण प्रतियोगितामा सहभागी हुन पाउनु गौरवको विषय भएको एकेडेमीले जनाएको छ।

CP Hospital Dhangadhi

पढाइसँगै खेलकुदमा पनि छुट्टै पहिचान बनाउँदै आएको सत्यवतीले क्रिकेट क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ। एकेडेमीको क्रिकेट यात्रालाई अत्तरियाकै सुविधा सम्पन्न होटल जंगल स्पाले साथ दिएको छ। होटलले प्रतियोगिता अवधिभर सत्यवतीका खेलाडीलाई निःशुल्क खाजा तथा बसोबासको व्यवस्था गर्ने भएको हो।

Attariya Hospital

करोडौँ रुपैयाँ लगानीमा सञ्चालित जंगल स्पाले स्थानीय आर्थिक गतिविधि, रोजगारी सिर्जना र पर्यटन प्रवद्र्धनमा समेत योगदान पुर्‍याउँदै आएको छ। खेलाडीलाई गरेको सहयोगप्रति सत्यवती एकेडेमीले होटल जंगल स्पाप्रति आभार व्यक्त गरेको छ।

nawajiwan