चार प्रदेशमा अहिले वर्षा, सुदूरपश्चिमसहित विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशका विभिन्न क्षेत्रमा वर्षाको गतिविधि सक्रिय बनेको छ। हाल लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको थियो भने केही ठाउँमा भारी वर्षासमेत भएको थियो। आज पनि देशभर मौसम बदली तथा वर्षाको सम्भावना रहेको छ।

Attariya Hospital

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यस्तै कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी एवं तराई क्षेत्रका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

nawajiwan

देशका हिमाली क्षेत्रका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका धेरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा समेत पानी पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।