भोटेकोशी बाढीमा १ हजार ३३१ शव फेला, ५ हजार अझै सम्पर्कविहीन

Image
Nisarga Hospital

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला परेको छ भने ५ हजार जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चितवनमा सबैभन्दा बढी ३६० शव फेला परेका छन्।

CP Hospital Dhangadhi

त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ शव फेला परेका छन्। फेला परेका शवमध्ये ९८ जनाको मात्रै सनाखत गरी आफन्तलाई बुझाइएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बेपत्तामध्ये नुवाकोटका करिब २ हजार ३४०, रसुवाका १ हजार ९६७, विदेशी नागरिक ५८९ तथा सुरक्षाकर्मी र सरकारी कर्मचारी १०० जना रहेका छन्।

nawajiwan
Attariya Hospital

बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार १०१ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये नेपाली सेनाले ४ हजार १६२, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ८७१ जनाको उद्धार गरेका छन्।

बाढीमा घाइते तथा प्रभावित ५ हजार ९२९ जनाले उपचार सेवा पाएका छन्। काठमाडौं, रसुवा, नुवाकोट र धादिङमा स्थापना गरिएका ४१ होल्डिङ सेन्टरमा ३ हजार ९८२ विस्थापितले आश्रय लिइरहेका छन्। बेपत्ताको खोजी, राहत तथा पुनःस्थापनाका लागि सुरक्षा निकाय र सरकारी टोली निरन्तर परिचालन भइरहेका छन्।