गोरखामा नाम्रुङ खोलाको बाढीले तीन घर बगायो, मानवीय क्षति भएन

Image
Nisarga Hospital

गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको बाढीले तीनवटा घर बगाएको छ। आइतबार बिहान करिब साढे ३ बजे आएको बाढीले स्थानीय नगु छिरिङ, उर्गिन लामा र लाक्पाभुटी लामाको घर बगाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।

CP Hospital Dhangadhi

उनका अनुसार बाढीका कारण घर पूर्ण रूपमा बग्दा ठूलो भौतिक क्षति भएको छ। तर, घटनामा मानवीय क्षति भने भएको छैन। बाढीले स्थानीय क्षेत्रमा रहेको एउटा पुलमा समेत क्षति पुर्‍याएको अध्यक्ष लामाले बताए।

Attariya Hospital

बाढी आएपछि स्थानीयवासीमा त्रास फैलिएको भए पनि हाल अवस्था सामान्य बन्दै गएको जनाइएको छ। अध्यक्ष लामाका अनुसार अहिले वर्षा रोकिएको छ भने नाम्रुङ खोला पनि क्रमशः घटेको छ।

nawajiwan

बाढीबाट थप क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय तहले प्रभावित क्षेत्रको अवस्थाबारे निगरानी गरिरहेको जनाएको छ। स्थानीयवासीलाई खोला आसपासका क्षेत्रमा सावधानी अपनाउन र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिएको छ। घटनापछि क्षतिको थप विवरण संकलन तथा प्रभावित परिवारको अवस्थाबारे आवश्यक समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ।