बाजुरामा पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

Image
Nisarga Hospital

बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

CP Hospital Dhangadhi

त्यस्तै बडीमालिका–८ को राप्का र वडा नं. ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पहिरोको सूचना प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ।

Attariya Hospital

प्रहरीका अनुसार बडीमालिका नगरपालिका र सडक विभागको जेसीबी प्रयोग गरी पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ।

nawajiwan

सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा यातायात तथा आवतजावत प्रभावित भएको छ। विभिन्न गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। सडक खुलाउने काम भइरहेको भए पनि वर्षा नरोकिए थप पहिरो खस्न सक्ने भएकाले यात्रु तथा चालकलाई सावधानी अपनाउन आग्रह गरिएको छ।