नगर प्रमुख भट्टको पहलमा अत्तरिया बसपार्क अनुगमन, वर्षायामको हिलाम्मे समस्या समाधानमा जोड

Image
Nisarga Hospital

अत्तरिया: सुदूरपश्चिम प्रदेशको प्रमुख ट्रान्जिट प्वाइन्टका रूपमा रहेको अत्तरिया बसपार्कलाई व्यवस्थित तथा सुविधासम्पन्न बनाउने उद्देश्यले गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टको पहलमा स्थलगत अनुगमन गरिएको छ।

CP Hospital Dhangadhi

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट, पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्ट, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा बसपार्क क्षेत्रको अनुगमन गरिएको हो।

oplus_0

अनुगमनका क्रममा विशेषगरी वर्षायाममा बसपार्क क्षेत्रमा हुने हिलाम्मे, पानी जम्ने तथा यात्रु र सवारीसाधनको आवागमनमा हुने समस्याबारे सरोकारवालाबीच छलफल गरिएको थियो। अत्तरिया हुँदै सुदूरपश्चिमका विभिन्न जिल्लामा आवतजावत गर्ने हजारौँ यात्रुले बसपार्कको अव्यवस्थित अवस्थाका कारण समस्या भोग्दै आएका छन्।

nawajiwan

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटले अत्तरिया बसपार्कको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताएका छन्।

oplus_0

मन्त्री भाटले भने, “अत्तरिया बसपार्क सुदूरपश्चिम प्रवेश गर्ने महत्वपूर्ण केन्द्र हो। यहाँको हिलाम्मे, अव्यवस्था तथा पूर्वाधार अभावको समस्या समाधान गर्न आवश्यक योजना बनाएर काम अगाडि बढाउनुपर्छ। यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको सुनिश्चितता गर्ने विषयमा पहल गर्छु। नगरपालिकासँग समन्वय गरेर बसपार्कलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने गरी अघि बढ्छौँ।”

मन्त्री भाटको बजेट सुनिश्चिततासम्बन्धी आश्वासनपछि स्थानीय व्यवसायी तथा सरोकारवालाले अत्तरिया बसपार्कको दीर्घकालीन व्यवस्थापन र स्तरोन्नतिका लागि अब ठोस काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।

Attariya Hospital

oplus_0

अनुगमनपछि कुरा गर्दै गोदावारी नगर प्रमुख वीरेन्द्र भट्टले अत्तरिया बसपार्क सुदूरपश्चिमकै महत्वपूर्ण यातायात केन्द्र भएकाले यसको व्यवस्थापन र स्तरोन्नति आवश्यक रहेको बताए।

नगर प्रमुख भट्टले भने, “अत्तरिया बसपार्क केवल गोदावरी नगरपालिकाको मात्र नभई सुदूरपश्चिम प्रदेशकै प्रमुख ट्रान्जिट प्वाइन्ट हो। यहाँ वर्षायाममा हिलाम्मे हुने, पानी जम्ने र यात्रु तथा व्यवसायीहरूले समस्या भोग्ने अवस्था अब लामो समयसम्म रहनु हुँदैन। आजको अनुगमनबाट देखिएका समस्या समाधानका लागि प्रदेश सरकार, सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक समन्वय गरी काम अगाडि बढाउनेछौँ।”

oplus_0

उनले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन नगरपालिकाले आवश्यक पहल गरिरहेको समेत बताए। नगर प्रमुख भट्टले प्रदेश सरकारसँग सहकार्य गरी बसपार्कको दीर्घकालीन व्यवस्थापन र पूर्वाधार विकासका लागि ठोस योजना अघि बढाइने विश्वास व्यक्त गरे।

स्थानीय व्यवसायी तथा सरोकारवालाले समेत अत्तरिया बसपार्कको स्तरोन्नति गर्दै वर्षायाममा हुने हिलाम्मे समस्याको तत्काल समाधान गर्नुपर्ने माग गरेका छन्।