कैलालीको धनगढीमा १८औँ हलिया मुक्ति दिवस मनाइयो

Image
Nisarga Hospital

नेपाल सरकारले हलिया मुक्ति घोषणा गरेको १८ वर्ष पूरा भएको अवसरमा आइतबार धनगढीमा १८औँ हलिया मुक्ति दिवस मनाइएको छ। राष्ट्रिय मुक्त हलिया समाजको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दमनबहादुर भण्डारी, प्रदेशसभा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि तथा मुक्त हलियाहरूको सहभागिता रहेको थियो।

CP Hospital Dhangadhi

तत्कालीन सरकारले २०६५ भदौ २१ गते सुदूरपश्चिमका ९ र कर्णालीका ३ गरी १२ जिल्लाका हलिया परिवारलाई मुक्त घोषणा गरेको थियो। राष्ट्रिय मुक्त हलिया समाज महासंघका अनुसार प्रमाणीकरण भएका १६ हजार ९५३ मुक्त हलिया परिवारमध्ये हालसम्म १३ हजार ५४६ परिवारले पुनःस्थापना प्याकेज प्राप्त गरेका छन्। १ हजार १०४ परिवारले पुनःस्थापना प्याकेजको अन्तिम किस्ता पाउन बाँकी छ भने १ हजार १३५ परिवार अझै पुनःस्थापित हुन सकेका छैनन्।

Attariya Hospital

कार्यक्रममा मुक्त हलियाको पुनःस्थापना प्रक्रिया शीघ्र पूरा गर्नुपर्नेमा जोड दिइएको छ। पुनःस्थापित परिवारलाई बसोबाससँगै सीपमूलक तालिम, रोजगारी तथा आयआर्जनका कार्यक्रमसँग जोड्नुपर्ने सहभागीले बताएका छन्। प्रदेश सरकारले पुनःस्थापनाका लागि आवश्यक कार्यविधि निर्माण गरी काम तीव्र बनाएको जनाएको छ।

nawajiwan