अमेरिका–भेनेजुएला तेल सम्झौताले जगायो समृद्धिको आशा, तर लाभ कहिले जनतासम्म पुग्ला ?

Image
Nisarga Hospital

एक दशकभन्दा लामो आर्थिक तथा सामाजिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा अमेरिका र भेनेजुएलाबीच भएको नयाँ तेल उत्पादन सम्झौताले आर्थिक पुनरुत्थानको आशा जगाएको छ। विश्वकै सबैभन्दा ठूलो प्रमाणित कच्चा तेल भण्डार रहेको भेनेजुएलामा १७ वटा तेल क्षेत्र विकास गर्न अमेरिकी कम्पनीसँग सम्झौता भएको हो। ती क्षेत्रमा करिब ६५ अर्ब ब्यारेल तेल उत्पादनको सम्भावना रहेको बताइएको छ।

CP Hospital Dhangadhi

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतालाई ‘ऐतिहासिक’ भन्दै कुल उत्पादनको २० प्रतिशत तेल लागत मूल्यमा अमेरिकाले खरिद गर्न सक्ने बताएका छन्। अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि भेनेजुएलामा ऊर्जा परियोजनाका लागि सम्झौता गरेका छन्।

यद्यपि, सम्झौतासँगै पारदर्शिता, वैधता र लगानी व्यवस्थापनबारे प्रश्नसमेत उठेका छन्। विपक्षी नेतृ मारिया कोरिना माचाडोले तेल क्षेत्रको विकासमा अमेरिकी सहभागिताको समर्थन गरे पनि पारदर्शी र सक्षम सरकार आवश्यक रहेको बताएकी छन्।

nawajiwan
Attariya Hospital

विज्ञहरूका अनुसार ठूलो लगानी भित्रिए पनि त्यसको प्रत्यक्ष प्रभाव तत्काल देखिने छैन। नयाँ तेल क्षेत्र विकास गर्न पाँचदेखि १० वर्ष लाग्न सक्ने अनुमान छ। साथै विद्युत् प्रणालीलगायत पूर्वाधार पुनर्निर्माणमा मात्रै अर्बौँ डलर आवश्यक पर्नेछ।

भेनेजुएलाको तेल उत्पादन पछिल्ला वर्षमा बढेर दैनिक १० लाख ब्यारेलभन्दा माथि पुगेको छ। सरकारले दैनिक १५ लाख ब्यारेल पुर्‍याउने लक्ष्य राखेको छ। तर विद्युत्, खानेपानी र सार्वजनिक सेवामा सुधार नआएसम्म तेल आम्दानीको वास्तविक लाभ सर्वसाधारणले महसुस गर्न कठिन हुने विज्ञहरूको भनाइ छ।