इजरायली राजदूत बासद्वारा गौरीगंगामा ‘श्लोमो नेजर’ एकीकृत कृषि फार्म उद्घाटन

Image
Nisarga Hospital

गौरीगंगा नगरपालिकामा स्थापना गरिएको श्लोमो नेजर फिसरी, लाइभस्टक एन्ड इन्टिग्रेटेड एग्रिकल्चर फार्मको औपचारिक उद्घाटन नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बासले गर्नुभएको छ।

CP Hospital Dhangadhi

विशेष समारोह बीच भएको उद्घाटन कार्यक्रममा गौरीगंगा नगरपालिकाका नगर प्रमुख देवीदत्त कँडेल र उपप्रमुख भोजबहादुर बम,वडा नं-१ अध्यक्ष डबल दियाकोटी,चौमाला बहुमुखी क्याम्पस अध्यक्ष दिनेश राज जोशी,युवा ब्यवसायी चक्र रावल,जनक मल्ल,नरेन्द्र स्मृति प्रा.बि.प्र.अ.प्रताप सिंह,उमेश जोशी लगायतको उपस्थिति रहेको थियो।

एकीकृत कृषि प्रणालीलाई प्राथमिकतामा राखेर स्थापना गरिएको फार्ममा माछापालन,बाख्रापालन, कुखुरापालन तथा विभिन्न कृषि उत्पादन सम्बन्धी गतिविधि सञ्चालन गरिने संचालक किरण मल्लले जानकारी दिए। कृषि,पशुपालन र मत्स्यपालनलाई एउटै प्रणालीमा आबद्ध गरी उत्पादन र स्रोतको अधिकतम उपयोग गर्ने अवधारणाका साथ फार्म सञ्चालनमा ल्याइएको हो साथै,फार्मले स्थानीयस्तरमा आधुनिक कृषि प्रविधिको प्रयोग,रोजगारी सिर्जना,व्यावसायिक कृषि विस्तार तथा दिगो कृषि विकासमा योगदान पुर्‍याउने लक्ष्य लिएको मल्लले बताए।

nawajiwan
Attariya Hospital

एकीकृत कृषि प्रणालीमार्फत कृषकलाई आधुनिक र व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्य समेत रहेको बताएको छ।
उद्घाटन समारोहमा राजदूत बास तथा उहाँको परिवारको सहभागितालाई फार्म सञ्चालक पक्षले विशेष महत्त्वका साथ लिएको छ। कार्यक्रममा सहभागी अतिथिहरू प्रति फार्म सञ्चालक पक्षले धन्यवाद तथा आभार व्यक्त गरेको छ।

फार्म सञ्चालक किरण मल्लका अनुसार उद्घाटन सँगै स्थानीय स्तरमा आधुनिक,व्यावसायिक र एकीकृत कृषि प्रणालीको अभ्यास विस्तार गर्ने नयाँ यात्राको सुरुवात भएको छ। आगामी दिनमा फार्मलाई कृषि, पशुपालन र मत्स्यपालनको एकीकृत नमुनाका रूपमा विकास गर्दै लैजाने योजना रहेको हेमन्त बाजेले जानकारी दिएका छन।