सोमबार देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ सरेसँगै देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ। अहिले गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान तथा कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यतया बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Attariya Hospital

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, बागमती र गण्डकीका तराई क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

nawajiwan

यस्तै, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।