कञ्चनपुरको बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा

Image
Nisarga Hospital

शनिवारदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरको बेदकोट नगरपालिका–३ र ४ घटानथान जोड्ने चौधर नदीको झोलुङ्गे पुल खसेको छ । नदीको कटानले पुल आसपासका संरचनामा क्षति पुर्याएपछि चौधर नदीमा रहेको झोलुङ्गे पुल खसेको बेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले जानकारी दिए। उनका अनुसार नदी कटानका कारण उक्त पुल नजिकैको पक्की पुलसमेत जोखिममा परेको छ।

CP Hospital Dhangadhi

“नदीमा आएको बाढीले कटान गरेपछि झोलुङ्गे पुल खसेको हो”, उनले भने, “नदीको कटानका कारण नजिकै रहेको पक्की पुल पनि जोखिममा परेको छ।” उनका अनुसार निरन्तरको वर्षाका कारण पालिकाभित्रका खेतबारी पनि डुबानमा परेका छन्। लगातार वर्षाले नदी तथा खोलानालामा पानीको सतह बढ्न थालेपछिले पालिकाले नगर प्रहरी र वडाध्यक्षहरूमार्फत नागरिकलाई सतर्क रहन सूचनामार्फत आग्रह गरेको चन्दले बताए।

बेदकोट–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले बगाएको झोलुङ्गे पुल पहिलादेखि जोखिममा रहेको बताए। “गत वैशाखमा बसेको नगर कार्यपालिका बैठकमा पुल जोखिममा रहेकाले मर्मत गर्नुपर्ने भनेका थियौँ”, उनले भने,“वडाको बजेटबाट सम्भव हुँदैन नभएकाले नगरपालिकासँग समन्वय गरिरहेका थियौँ।”

nawajiwan
Attariya Hospital

यसैबीच, कञ्चनपुरमा निरन्तर वर्षाका भइरहेकाले नदी तथा खोलानालामा पानीको सतह बढेको छ। मौसम पूर्वानुमान महाशाखाले जिल्लाको बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा भारी वर्षाको सम्भावना रहेकाले सरोकार भएका निकायलाई नदी आसपासको क्षेत्रमा निगरानी बढाउन, समुदायलाई सूसुचित गराउन र आवश्यक तयारी सुरु गर्न सूचना जारी गरेको छ।

त्यसैगरी महाकाली नदीको जल सतह सतर्कता तह पार गरेपछि भारतीय पक्षले नेपाल–भारत जोड्ने वनवासास्थित शारदा ब्यारेजमा आवागमनमा रोक लगाएको छ। इलाका प्रहरी कार्यालय ड्डाचौकीका प्रमख जीवन गुरुङका अनुसार आइतवार साँझ ५ः०० बजेको जलमापनअनुसार महाकाली नदीमा पानीको बहाव एक लाख ३३ हजार ८८८ क्युसेक पुगेको छ। महाकालीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा सुरक्षाको कारण देखाउँदै चारपाङ्गे्रे सवारीसाधन सञ्चालनमा रोक लगाइँदै आइएको छ।