NPL को तेस्रो संस्करणको मिडिया र टिकटिङ अधिकार बिक्री, नेटभीभी र हिमालय टीभीले पाए प्रसारण अधिकार

Image
Nisarga Hospital
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकटिङ अधिकार प्राप्त गर्ने सफल कम्पनीहरूको घोषणा गरेको छ। क्यानले बोलपत्र (बिडिङ) र खरिद प्रक्रिया सम्पन्न गरी विभिन्न विधाका अधिकारधनीहरूको टुङ्गो लगाएको हो।
CP Hospital Dhangadhi
क्यानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार एनपीएलको तेस्रो संस्करणको विश्वव्यापी ओटीटी (OTT) अधिकार नेटभीभी प्रा. लि. (NetTV Pvt. Ltd.) ले प्राप्त गरेको छ। नेटभीभीले यो अधिकार रु. १८ करोड ४ लाख (१८,०४,००,०००) मा खरिद गरेको हो।
त्यसैगरी, नेपाल क्षेत्रका लागि लिनियर टेलिभिजन अधिकार हिमालय टेलिभिजन नेटवर्क प्रा. लि. (Himalaya Television Network Pvt. Ltd.) ले जितेको छ। हिमालय टीभीले रु. १४ करोड चौसठ्ठी लाख (१४,६४,००,०००) मा यो प्रसारण अधिकार आफ्नो पक्षमा पारेको हो।
nawajiwan
खेलको टिकटिङ अधिकार भने इसेवा लिमिटेड (eSewa Ltd.) ले प्राप्त गरेको छ। इसेवाले रु. ८५ लाख (८५,००,०००) मा टिकटिङ अधिकार पाएको हो। सम्झौता अनुसार व्यवसायिक सर्तहरू पालना गर्दै टिकटिङबाट प्राप्त हुने कुल आम्दानीको ९५ प्रतिशत हिस्सा क्यानले पाउनेछ भने बाँकी ५ प्रतिशत हिस्सा इसेवाको हुनेछ।
क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकार प्राप्त गर्ने नेटभीभी, हिमालय टेलिभिजन र इसेवालाई बधाई ज्ञापन गरिएको छ। साथै, एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै साझेदारहरूसँग सहकार्य गर्ने प्रतिबद्धता समेत क्यानले व्यक्त गरेको छ।
Attariya Hospital