गोदावरी नदीमा बाढीको जोखिम बढ्यो, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Image
Nisarga Hospital

अत्तरिया: लगातारको वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका क्षेत्र भएर बग्ने मोहन/गोदावरी नदीले चेतावनी तह पार गरेको भन्दै नगरपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, धनगढीबाट प्राप्त जानकारीअनुसार २०८३ जेठ २२ गतेदेखि भइरहेको अविरल वर्षाका कारण नदीले आफ्नो बहाव क्षेत्र क्रस गरी चेतावनी स्तरसमेत पार गरिसकेको छ। वर्षा अझै जारी रहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको नगरपालिकाले जनाएको छ।

Attariya Hospital

नगरपालिकाले मोहन/गोदावरी नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने स्थानीय समुदायलाई सुरक्षित रहन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। साथै, नदीको बहाव र सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई अनावश्यक रूपमा नदी किनारमा नजान तथा जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरिएको छ।

nawajiwan