जेन्जी सहिद दिवस आज, आन्दोलनका सहिदको सम्झनामा सार्वजनिक बिदा

Image
Nisarga Hospital

आज देशभर जेन्जी सहिद दिवस मनाइँदैछ। गत भदौ २३ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदानको स्मरण तथा सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

CP Hospital Dhangadhi

आन्दोलनले देशको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याएको थियो। आन्दोलनको दबाबपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

Attariya Hospital

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई सम्मान गर्दै सरकारले दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ। सहिदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै आज देशभर श्रद्धाञ्जली तथा सम्मानका कार्यक्रम भइरहेका छन्।

nawajiwan

सरकारले भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट आजको दिनलाई सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। आन्दोलनमा सहभागी युवाहरूले उठाएका माग, उनीहरूको संघर्ष र बलिदानलाई स्मरण गर्दै दिवस मनाउन लागिएको हो।