जापानले नेपालका बाढीपीडितलाई ४५ करोड रुपैयाँभन्दा बढी सहयोग गर्ने

Image
Nisarga Hospital

जापान सरकारले नेपालका बाढीपीडितका लागि ३० लाख अमेरिकी डलर अर्थात् करिब ४५ करोड ३२ लाख रुपैयाँ बराबरको आपत्कालीन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ।

CP Hospital Dhangadhi

जापानको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार बाढी तथा विपद्बाट प्रभावित नेपाली नागरिकलाई आवश्यक मानवीय सहायता उपलब्ध गराउन उक्त सहयोग प्रदान गर्न लागिएको हो। सहायता विश्व खाद्य कार्यक्रम (डब्लूएफपी), रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) मार्फत उपलब्ध गराइनेछ।

जापानले डब्लूएफपीमार्फत १० लाख अमेरिकी डलर बराबरको खाद्य सहायता उपलब्ध गराउने जनाएको छ। त्यस्तै, आईएफआरसीमार्फत थप १० लाख अमेरिकी डलर बराबरको स्वास्थ्य, खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी सहायता प्रदान गरिनेछ।

nawajiwan
Attariya Hospital

बाँकी १० लाख अमेरिकी डलर आईओएममार्फत गैर–खाद्य सामग्रीका रूपमा उपलब्ध गराइने जापानको विदेश मन्त्रालयले जनाएको छ।

सहायतामार्फत बाढी प्रभावित क्षेत्रमा खाद्य सुरक्षा, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ तथा आवश्यक गैर–खाद्य सामग्रीको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जापानले विपद्का बेला नेपाललाई मानवीय सहयोग उपलब्ध गराउँदै आएको छ।