भोटेकोशी बाढीमा बेपत्ता शिवशंकरको कुशको शव बनाएर गोदावरीमा अन्तिम संस्कार

Image
Nisarga Hospital

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन धनगढी उपमहानगरपालिका–१२, जुगेडाका शिवशंकर जोशीको परिवारले आज कुशको शव बनाएर हिन्दू परम्पराअनुसार आज कैलालीको गोदावरी आर्यघाटमा अन्तिम संस्कार गरेको छ।

CP Hospital Dhangadhi

जोशी मैलुन खोला जलविद्युत् आयोजनामा अपरेटरका रूपमा कार्यरत थिए। बाढीपछि लामो समयसम्म उनको अवस्था अज्ञात रहेपछि परिवारले खोजी तथा उद्धारका लागि आग्रह गर्दै आएको थियो।

Attariya Hospital

सुदूरपश्चिमबाट भोटेकोशी बाढीमा सम्पर्कविहीन भएका २८ जना परिवार तथा आफन्तको सम्पर्कमा आइसके पनि शिवशंकर अझै सम्पर्कमा आउन सकेका थिएनन्।

nawajiwan