उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा, ग्यास उद्योगीमाथि दिएको अभिव्यक्ति विवादमा

Image
Nisarga Hospital

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्। मन्त्री यादवले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताइएको छ।

CP Hospital Dhangadhi

यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीहरूमाथि दिएको विवादास्पद अभिव्यक्तिपछि उनको राजीनामा आएको हो। उनले काठमाडौं उपत्यकामा देखिएको ग्यास अभावको कारण उद्योगीहरू रहेको दाबी गर्दै ग्यास उद्योगीको ‘पाता नकसेसम्म’ अभाव सहज नहुने अभिव्यक्ति दिएकी थिइन्।

यादवले हाल सञ्चालनमा रहेका ५८ वटा ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्। ‘देशमा यति धेरै ग्यास उद्योग आवश्यक छैन, दुई वटा मात्रै भए पुग्छ’ भन्ने उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत ध्यानाकर्षण गराएका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने ग्यासको चरम अभाव देखिएको छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि घण्टौँ लाइनमा बस्न बाध्य छन्। ग्यास पाए पनि तोकिएको मूल्यभन्दा बढी रकम तिर्नुपरेको गुनासो छ।

मन्त्री यादवले ग्यास अभाव समाधानका लागि उद्योगीमाथि कारबाही गर्न खोज्दा मन्त्रालयकै कर्मचारीबाट असहयोग भएको गुनासो समेत संसदीय समितिमा गरेकी थिइन्।

यसअघि भदौ १४ गते कृष्णभीरमा सडक भासिएपछि ग्यास ढुवानी प्रभावित भएको थियो। वैकल्पिक मार्गबाट ग्यास ल्याइए पनि बजारमा सहज आपूर्ति हुन नसक्दा अभाव थप चुलिएको हो। नेपाल आयल निगम र उद्योग मन्त्रालयले ग्यास आपूर्ति भइरहेको तथ्यांक सार्वजनिक गरे पनि बजारमा त्यसअनुसारको आपूर्ति नभएको उपभोक्ताको गुनासो छ।

ग्यास अभाव समाधान र बजार व्यवस्थापनको विषयमा सरकार र व्यवसायीबीच विवाद बढिरहेका बेला मन्त्री यादवको अभिव्यक्तिले थप तनाव सिर्जना गरेको थियो। त्यसको भोलिपल्टै उनको राजीनामा आएको हो।

Dhnagadhi & Krishanapur