
भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एघार हजार एक सय एघार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रतिष्ठानले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। प्रतिष्ठानका कुलपति रामचन्द्र नेपालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को यस कठिन घडीमा सबैलाई एकजुट हुन अपीलसमेत गरेको छ।

देशमा आएको ठूलो प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि राज्यका सम्पूर्ण संयन्त्रहरू परिचालन भइरहेका छन्। यस्तो दुःखद् परिस्थितिमा प्राकृतिक विपद्को सामना गर्न सरकारका साथै नागरिक समाज, निजी क्षेत्र, संघ–संस्था तथा आम नागरिकको सहकार्य र ऐक्यबद्धता अपरिहार्य रहने प्रतिष्ठानले जनाएको छ।
































