सामाजिक तथा मानवीय सेवामा सक्रिय लक्ष्मी

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिमकी छोरीका रूपमा सामाजिक तथा मानवीय सेवामा सक्रिय लक्ष्मी कुँवर (बोगटी) ले आफ्नो सेवाको दायरा भूगोलमा सीमित नराखी देशको जुनसुकै कुनामा नेपाली दुःखमा परे सहयोगको हात बढाउँदै आएकी छन् ।

CP Hospital Dhangadhi

‘जहाँ नेपाली दुख्छन्, त्यहाँ हाम्रो मन दुख्छ’ भन्ने भावनासहित उनी विपद् प्रभावित परिवारको घरदैलोमै पुगेर सहयोग गर्दै आएकी छन् । यसैक्रममा गत भदौ १० गते बिहान रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री वितरण गरिएको छ । कुँवरको समन्वयमा विदेशमा रहेका विभिन्न मनकारी व्यक्ति तथा क्ष् ज्भउि ँयगलमबतष्यल परिवारको आर्थिक सहयोग जुटाएर राहत वितरण गरिएको हो ।

बाढीबाट प्रभावित परिवारका लागि डसना, कम्बल, ब्ल्याङ्केट, भाँडाकुँडा, बालबालिकाका लागि लत्ताकपडा, सरसफाइका सामग्रीलगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ । संकलित सहयोग रकमबाट सामग्री व्यवस्थापन गरी प्रभावित परिवारको घरदैलोमै पुगेर राहत हस्तान्तरण गरिएको हो ।

nawajiwan
Attariya Hospital

राहत अभियानमा अमेरिकामा बस्दै आएका सरला श्रेष्ठ, रिचर्ड सुवेरी, जस सुब्बा, गोरीमाया आचार्य दम्पती, निमा डोमा, मुम्बईबाट गीता थापा, गणेशमान एवं कृष्ण प्यारी स्मृति मिलिजुली सामाजिक प्रतिष्ठान लगायत विभिन्न सहयोगी व्यक्ति तथा संस्थाको योगदान रहेको सामाजिक अभियन्ता लक्ष्मी कुँवर बोगटीले जानकारी दिइन् ।

राहत वितरणमा सामाजिक अभियन्ता लक्ष्मी बोगटी (कुँवर), निता खत्री लगायतको टोली सक्रिय रहेको थियो । टोलीले प्रभावित परिवारको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गर्नुका साथै उनीहरूको अवस्था र तत्काल आवश्यकताबारे समेत जानकारी लिएको थियो ।

विपद्को समयमा पीडित परिवारलाई साथ दिनु मानवीय दायित्व भएको भन्दै कुँवरले सहयोग अभियानलाई निरन्तरता दिँदै आएकी छन् । सुदूरपश्चिमबाट सुरु भएको उनको सामाजिक अभियान अहिले देशका विभिन्न क्षेत्रमा आवश्यकता अनुसार सहयोग पु¥याउने अभियानका रूपमा अघि बढिरहेको छ ।
भौगोलिक दूरीले सेवाको भावना रोक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गर्दै कुँवरले स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरूलाई जोडेर विपद्मा परेका नेपालीका लागि सहयोग जुटाउँदै आएकी छन् ।