आजको मौसमः आज पनि वर्षाको सम्भावना, बागमती–गण्डकी–लुम्बिनीमा भारी वर्षाको चेतावनी

Image
Nisarga Hospital

देशका विभिन्न स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका केही क्षेत्रमा वर्षा भइरहेको हो। पछिल्लो एक घण्टामा संखुवासभामा १४ मिलिमिटर वर्षा मापन गरिएको छ।

CP Hospital Dhangadhi

गएराति लुम्बिनी प्रदेशदेखि पूर्वका अधिकांश स्थानमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पछिल्लो ६ घण्टामा गुल्मीमा ६५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ। कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा भए पनि पूर्वी क्षेत्रको तुलनामा वर्षाको मात्रा कम रहेको छ।

Attariya Hospital

काठमाडौं उपत्यकामा आज बिहान केही समय ठूलो वर्षा भए पनि अहिले वर्षाको मात्रा घटेको छ। यद्यपि मौसम प्रणाली सक्रिय रहेकाले आगामी घण्टामा पुनः वर्षा हुन सक्ने जनाइएको छ।

nawajiwan

महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ। ठूलो वर्षा हुने क्षेत्रमा नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै बाढी, पहिरो र डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। विशेषगरी पहाडी तथा कमजोर भू–भागमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।