आज कुशेऔँशी तथा बाबुको मुख हेर्ने दिन, गोकर्णेश्वरमा विशेष मेला

Image
Nisarga Hospital

आज भाद्रकृष्ण औँसीका दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा पवित्र कुश भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गर्ने धार्मिक मान्यता छ। कुशलाई भगवान् विष्णुको प्रतीकसमेत मानिन्छ।

CP Hospital Dhangadhi

यसै दिन छोराछोरीले जीवित बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाएर सम्मान गर्दै आशीर्वाद लिने परम्परा छ। बाबु दिवंगत भइसकेकाहरूले भने गोकर्णलगायत विभिन्न तीर्थस्थलमा पुगेर तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्दछन्।

Attariya Hospital

काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज विशेष मेला लाग्ने भएकाले पितृको नाममा तर्पण तथा पिण्डदान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ। रसुवा र नुवाकोटको संगमस्थल वेत्रावतीमा पनि मेला लाग्ने भए पनि यस वर्ष भोटेकोशी बाढीका कारण मेला सञ्चालनबारे अन्योल रहेको जनाइएको छ।

nawajiwan

धार्मिक मान्यताअनुसार ‘पितृदेवो भव’ भावनासहित बाबुप्रति श्रद्धा र सम्मान प्रकट गर्ने यो दिनलाई पितृसम्मान तथा पुण्य प्राप्तिको विशेष अवसरका रूपमा लिइन्छ।