भरतपुरमा ईभी कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

Image
Nisarga Hospital

चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो।

CP Hospital Dhangadhi

आगलागी भएपछि कारभित्र रहेका एक व्यक्ति बाहिर निस्कन नसकेको प्रहरीले जनाएको छ। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जनालाई जलेर मृत अवस्थामा फेला पारिएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

Attariya Hospital

मृतकको पहिचान भने खुल्न सकेको छैन। आगलागीका कारण कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनास्थलमा पुगेको प्रहरीले आवश्यक मुचुल्का तथा अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ।

nawajiwan

कारमा आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनाको विस्तृत विवरण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। घटनाले स्थानीयवासीलाई समेत स्तब्ध बनाएको छ।