बिरामीको चाप अत्याधिक बढेसँगै सेती प्रादेशिक अस्पतालले आइतबार पनि सेवा दिने

Image
Nisarga Hospital

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बिरामीको अत्यधिक चापलाई मध्यनजर गर्दै असोज १ गतेदेखि विस्तारित सेवा सञ्चालन गर्ने भएको छ। हाल शनिबार र आइतबार बन्द हुँदै आएको सेवा अब आइतबारसमेत सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ।

CP Hospital Dhangadhi

अस्पतालले जारी गरेको सूचनाअनुसार असोज १ गतेदेखि आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान १० बजेदेखि विस्तारित सेवा सञ्चालन हुनेछ। सोमबारदेखि शुक्रबारसम्म भने बेलुकी ५ बजेपछि सेवा उपलब्ध हुनेछ। शनिबार भने विस्तारित सेवा बन्द रहनेछ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले पछिल्लो समय बिरामीको चाप अत्यधिक बढेकाले उपचार सेवामा सहजता ल्याउन सेवा समय विस्तार गरिएको बताए।

nawajiwan

उनका अनुसार अस्पतालमा एउटै बेडमा तीन जनासम्म बिरामी राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। प्रदेश सरकार मातहत रहेको अस्पतालको स्वीकृत क्षमता १२५ शय्या भए पनि अहिले बिरामीको चापअनुसार ३२० बेडसम्म सञ्चालनमा ल्याएर उपचार भइरहेको पाण्डेयले जानकारी दिए।

Attariya Hospital

स्वीकृत बेड संख्या सीमित भए पनि बिरामीको चाप बढ्दै जाँदा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी सेवा दिइरहेको अस्पताल प्रशासनको भनाइ छ। तर, बिरामीको संख्या बढेअनुसार जनशक्ति थप हुन नसक्दा न्यून जनशक्तिबाट ठूलो संख्यामा बिरामीको उपचार गर्नुपर्ने चुनौती रहेको पाण्डेयले बताए।

अस्पतालले उपचारका लागि आउने बिरामी फर्किनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सेवा विस्तार गरिएको जनाएको छ।