इरानविरुद्ध युद्धबारे ट्रम्प : ‘फेरि गर्नुपरे पनि यही निर्णय लिन्छु’

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गर्ने आफ्नो निर्णयप्रति कुनै पछुतो नरहेको बताएका छन्। आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावमा त्यसको असर पर्न सक्ने भए पनि आफूले लिएको निर्णय सही भएको उनको दाबी छ।

CP Hospital Dhangadhi

फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पलाई इरानविरुद्धको युद्धले मध्यावधि चुनावमा पार्न सक्ने प्रभावबारे प्रश्न गरिएको थियो। जवाफमा उनले आफू ‘पछुतो’ भन्ने शब्दमा विश्वास नगर्ने बताए। यद्यपि, कुनै पनि निर्णयबारे मानिसले आफूलाई केही प्रश्न गर्न सक्ने उनको भनाइ थियो।

बिहीबार प्रसारण भएको ‘द इन्ग्राहम एंगल’ कार्यक्रममा ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही गर्ने निर्णयको बचाउ गरे। उनले आफूलाई पुनः त्यही परिस्थितिमा निर्णय लिनुपर्ने अवस्था आए पनि पहिले गरेकै निर्णय दोहोर्‍याउने स्पष्ट पारे।

nawajiwan
Attariya Hospital

‘यदि मैले यो फेरि गर्नुपरेमा, मैले जे गरेँ, सोही गर्ने थिएँ,’ ट्रम्पले भने।

उनले युद्धका कारण आफ्ना केही समर्थक असन्तुष्ट तथा हतोत्साहित भएको भन्ने दाबीसमेत अस्वीकार गरे। ट्रम्पका अनुसार इरानविरुद्धको कदम आवश्यक रहेको र त्यसप्रति आफूले कुनै पछुतो नगरेको बताए। आगामी मध्यावधि चुनावमा यस निर्णयको राजनीतिक प्रभाव कस्तो पर्छ भन्ने विषयमा भने अमेरिकी राजनीतिमा बहस जारी छ।