प्रा. डा. चिरञ्जीवी पन्त गेटाको शिक्षण अस्पतालको निमित्त निर्देशक नियुक्त

Image
Nisarga Hospital

अत्तरियाः प्रा. डा. चिरञ्जीवी पन्त सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटाको शिक्षण अस्पतालको निमित्त अस्पताल निर्देशकमा नियुक्त भएका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

विश्वविद्यालयले शिक्षण अस्पतालको सेवा सञ्चालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पन्तलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको हो। विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले पन्तलाई नियुक्त गरिएको जानकारी दिँदै उनको नेतृत्वमा अस्पतालको सेवा व्यवस्थापन थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको बताए।

यसअघि विश्वविद्यालयको शिक्षण अस्पतालको जिम्मेवारी विश्वविद्यालयका रजिस्ट्रारले नै सम्हाल्दै आएका थिए। नयाँ नियुक्तिसँगै अस्पतालको प्रशासनिक तथा सेवा व्यवस्थापनमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

पन्तलाई अस्पताल निर्देशकको जिम्मेवारी दिइएसँगै शिक्षण अस्पतालको नियमित सेवा सञ्चालन, प्रशासनिक व्यवस्थापन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा प्राथमिकता दिइने अपेक्षा गरिएको छ। विश्वविद्यालयले शिक्षण अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्दै आवश्यक स्वास्थ्य सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ।