नयाँ उद्योगमन्त्री आए सँगै, ग्यास अभावमा सरकारको एक्सन तीव्र, एक हजारभन्दा बढी सिलिण्डर बरामद

Image
Nisarga Hospital

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्ति व्यवस्थापनमा विवादास्पद अभिव्यक्ति दिएपछि बिहीबार पदबाट राजीनामा दिएकी छन्। कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो।

CP Hospital Dhangadhi

यादवले राजीनामा दिएको भोलिपल्टदेखि ग्यासको कालोबजारी र कृत्रिम अभावविरुद्ध सरकारी निकायले कारबाही तीव्र पारेका छन्। शुक्रबार मात्रै काठमाडौंका विभिन्न स्थानबाट लुकाइराखिएका तथा बिक्रीका लागि प्रयोग भएका एक हजारभन्दा बढी ग्यास सिलिण्डर बरामद गरिएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं–३२ नरेफाँट र सामाखुशीबाट ३७२ सिलिण्डर बरामद गरी केही व्यवसायीलाई पक्राउ गरेको छ। त्यस्तै, तीनकुनेको गैरीगाउँबाट दुई ट्रकमा लोड गरिएका ७ सय सिलिण्डर बरामद गरिएको प्रहरीले जनाएको छ। कालोबजारीको आरोपमा व्यवसायीसमेत पक्राउ परेका छन्।

nawajiwan
Attariya Hospital

यसअघि प्रहरीले भक्तपुरको सूर्यविनायकबाट ७५ र इटाछेबाट २८ सिलिण्डर बरामद गरेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति विभागले उपभोक्ताबाट अस्वाभाविक मूल्य असुल्ने दुई व्यवसायीलाई जनही ३ लाख रुपैयाँका दरले ६ लाख रुपैयाँ जरिवाना गरेको छ।

नवनियुक्त उद्योगमन्त्री दीपक साहले पद तथा गोपनीयताको शपथ लिएलगत्तै ग्यास उद्योगीहरूसँग छलफल गर्दै उपभोक्ताले सहज रूपमा ग्यास पाउनुपर्ने बताएका छन्। उता, ग्यास बिक्रेता महासंघले पनि व्यवसायीलाई सरकारले तोकेको मूल्यभन्दा बढीमा ग्यास बिक्री नगर्न आग्रह गर्दै कालोबजारी गर्नेलाई कानुनी कारबाही गर्न माग गरेको छ।