शनिबार शनिदेवको पूजा गर्दा के–के गर्ने? यी उपाय मानिन्छन् शुभ

Image
Nisarga Hospital

शनिबारलाई शनिदेवको पूजा–आराधनाका लागि विशेष दिन मानिन्छ। धार्मिक मान्यताअनुसार शनिदेवले मानिसका कर्मअनुसार फल प्रदान गर्ने विश्वास गरिन्छ। सूर्यदेवका पुत्र शनिदेवका भाइ यमराज र बहिनी यमुना रहेको धार्मिक ग्रन्थमा उल्लेख छ।

CP Hospital Dhangadhi

शनिबार शनिदेवलाई प्रसन्न पार्न अनुशासन, परिश्रम र धर्मको मार्गमा हिँड्नुपर्ने धार्मिक विश्वास छ। यस दिन शनिदेवलाई तेल दान गर्नु शुभ मानिन्छ। साथै पिपलको पूजा गरी पानी चढाउने र कालो तिल दान गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार शनिबार छालाका जुत्ता–चप्पल दान गर्दा पनि शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। त्यस्तै, शमीको रूखको पूजा गर्नाले शनिदेवको कृपा प्राप्त हुने जनविश्वास छ।

nawajiwan
Attariya Hospital

शनिबार हनुमानजीको पूजा गर्नु पनि महत्वपूर्ण मानिन्छ। हनुमानको मूर्तिअघि सर्स्यूको तेलको दीप प्रज्वलन गरी हनुमान चालीसा पाठ गर्दा शनिको अशुभ प्रभाव कम हुने धार्मिक विश्वास छ।

यी उपायहरू धार्मिक आस्था र परम्परामा आधारित भएकाले वैज्ञानिक प्रमाणका रूपमा नभई श्रद्धा र विश्वासका रूपमा लिन सकिन्छ।