गोदावरीमा रसुवा बाढीका घाइतेको उपचारार्थ रक्तदान कार्यक्रम

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका–६ स्थित लालपुर चोकमा रसुवा बाढीका घाइतेको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको छ। सुदूर युवा क्लबको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

क्लबका अध्यक्ष शान परियारका अनुसार बाढीबाट घाइते भएकाहरूको उपचारका लागि आवश्यक रगत व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो। नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजित कार्यक्रम बिहान ९ बजेदेखि सुरु भएको हो।

आयोजकका अनुसार रक्तदान कार्यक्रम दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न आग्रह गरिएको छ।

बाढी तथा प्राकृतिक विपद्का कारण घाइतेको उपचारमा रगतको आवश्यकता पर्ने भएकाले मानवीय सेवाका रूपमा रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ। आयोजकले इच्छुक रक्तदातालाई कार्यक्रममा सहभागी भई घाइतेको उपचारमा सहयोग गर्न अपिल गरेको छ।

CP Hospital Dhangadhi