गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५११ प्रजातिका बिरुवा रोपिए

Image
Nisarga Hospital

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा विभिन्न प्रजातिका ५११ वटा बिरुवा रोपिएको छ। शनिबार विभिन्न संघसंस्थाको सहकार्यमा विश्वविद्यालय प्राङ्गणमा वृक्षारोपण अभियान सञ्चालन गरिएको हो।

CP Hospital Dhangadhi

वृक्षारोपण कार्यक्रममा नेपाली सेना, रोटरी क्लब, लायन्स क्लब, प्लान्ट रिसर्च सेन्टरलगायत संघसंस्थाको सहभागिता रहेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिल कुमार जोशीले जानकारी दिए। उनका अनुसार विश्वविद्यालय परिसरमा ११ भन्दा बढी प्रजातिका बिरुवा रोपिएका छन्।

nawajiwan
Attariya Hospital

उपकुलपति जोशीले परिसरमा रहेका झाडी तथा अनावश्यक वनस्पति सफाइ गरेपछि वृक्षारोपण अभियान सुरु गरिएको बताए। विश्वविद्यालयको वातावरणलाई हरियाली, स्वच्छ र आकर्षक बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।

वृक्षारोपण गरिएका बिरुवाले आगामी दिनमा विश्वविद्यालय परिसरको वातावरण संरक्षणसँगै गर्मीका समयमा शीतलता प्रदान गर्ने अपेक्षा गरिएको छ। उनले वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिए।