पार्टी एकढिक्का नभएसम्म अधिवेशन नगर्ने बैतडी कांग्रेसको निर्णय

Image
Nisarga Hospital

नेपाली कांग्रेस बैतडीको पञ्चेश्वर गाउँपालिका कार्यसमितिले पार्टी पूर्णरूपमा एकढिक्का नभएसम्म वडा तथा पालिका अधिवेशन नगर्ने निर्णय गरेको छ। शनिबार बसेको कार्यसमिति बैठकले उक्त निर्णय सर्वसम्मत रूपमा पारित गरेको हो।

CP Hospital Dhangadhi

बैठकको निर्णय पुस्तिकामा ‘नेपाली कांग्रेस पूर्णरूपमा एकढिक्का भएर नआएको खण्डमा कुनै पनि तहको अधिवेशन नगर्ने’ उल्लेख गरिएको छ। गाउँपालिका सभापति रमेशबहादुर चन्दले पार्टीभित्रको विभाजन अन्त्य गरी एकता कायम भएपछि मात्र अधिवेशन प्रक्रियामा जाने निर्णय भएको जानकारी दिए।

उनका अनुसार बैठकमा वडा नम्बर ३, ४, ५ र ६ का वडा सभापति, २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नेता तथा केही क्रियाशील सदस्य सहभागी थिए। वडा नम्बर १ र २ बाट भने प्रतिनिधित्व नभएको उनले बताए।

nawajiwan
Attariya Hospital

कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक गरेका छन्। संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

पञ्चेश्वर कांग्रेसको निर्णयले पार्टीभित्रको विवाद र विभाजन अन्त्य गरी एकीकृत रूपमा महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने दबाबलाई थप बल दिएको देखिएको छ।