तीजलाई तडकभडक होइन, मौलिक संस्कृति र परम्पराअनुसार मनाउन सिराडीको आग्रह

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य कृष्णा सिराडीले तीज पर्वलाई महँगो, भड्किलो र देखावटी नभई मौलिक संस्कृति तथा परम्पराअनुसार मनाउन आग्रह गरेकी छन्। धनगढीस्थित वैशेषिक पाठशालामा आयोजित तीज नृत्य प्रतियोगितालाई सम्बोधन गर्दै उनले पछिल्लो समय तीजमा बढ्दै गएको देखासिकी, तडकभडक र खर्चिलो प्रवृत्तिले पर्वको मौलिकता हराउँदै गएको बताइन्।

CP Hospital Dhangadhi

सिराडीले तीज हुनेखाने वर्गको मात्र पर्व हो कि भन्ने आभास हुन थालेको भन्दै चिन्ता व्यक्त गरिन्। आफ्नो संस्कार र संस्कृतिअनुसार पर्व मनाउन आग्रह गर्दै उनले अनावश्यक खर्च र भड्किलो गतिविधि नगर्न पनि सुझाव दिइन्। देश शोकमा रहेकाले यस वर्ष तीजलाई सामान्य र संयमित रूपमा मनाउनुपर्ने उनको भनाइ थियो।

Attariya Hospital

कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी सिराडीले प्रतियोगितामा किशोरीहरूलाई मौलिक पहिरनमा सहभागी गराएकोमा आयोजक वैशेषिक पाठशालालाई धन्यवाद दिइन्। विद्यालयले संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको भन्दै उनले प्रशंसा गरिन्।

nawajiwan

तीजको मौलिकता र सांस्कृतिक पहिचान जोगाउन तडकभडकभन्दा संस्कृति संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा सिराडीले जोड दिइन्। विद्यालय तथा विभिन्न संघसंस्थाले आगामी दिनमा पनि मौलिक पहिरन, परम्परा र संस्कृतिको संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। साथै, अभिभावकहरूले पनि बालबालिकालाई मौलिक संस्कृति र परम्परासँग जोड्ने वातावरण बनाउनुपर्ने उनले बताइन्।