
राशिफल २८ भाद्र २०८३ आइतवार

मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समाज सेवामा मन लाग्नेछ। यात्रा सुखमय रहनेछ। घरपरिवारमा पाउनाको आगमनले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शत्रुवर्गहरू सक्रिय रहनेछन्। अरूको कुरा नकाट्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
कार्यक्षेत्रमा मित्रवर्गहरूको सहयोगले विशेष कार्य सम्पादन हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शुभचिन्तकहरुको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मिथुन
Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
समयलाई आफ्नो अनुकूल बनाउन सक्नुहुनेछ। आफन्तहरूको मध्य रमाइलो समय व्यतीत हुनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि राम्रो सोचविचार गर्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोस्। विपरीत लिंगप्रति आकर्षण बढ्नेछ। सहयोगी वर्गहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक वस्तुमा सोच विचार गरेर पैसा खर्च गर्नुहोला। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।
कन्या
Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज सकारात्मक वा आशावादी सोच र कडा मेहनतले समय सफलतादायक रहनेछ। विद्यार्थी वर्गहरूलाई गुरुजनहरूको सहयोग मिल्नेछ। पद प्रतिष्ठामा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

तुला
Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूको विवादास्पद मामलाहरूमा आफू अगाडि नबढ्नुहोस्। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि पौष्टिक भोजनको सेवन गर्नुहोस्। कानुनी मुद्दा मामलाहरूमा सावधान रहनुपर्ने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक
Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
नोकरी वा पेशामा उन्नतिको अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर शारीरिक थकान हावी रहनेछ। आसमर्दो कार्य बन्नाले अरु कार्यतर्फ अग्रसर भइनेछ। योजनाहरू सफल रहनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
धनु
Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कार्यक्षेत्रमा कार्यको सन्दर्भमा उच्चपदासीन व्यक्तिहरूसंग सम्पर्क बढ्नेछ। व्यापार व्यवसायबाट मनग्य लाभ प्राप्त हुनेछ। आँटेका कार्य पूरा हुनेछन्। नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्य अनुकूल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।
मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मेहनतले कार्यमा सफलता दिलाउनेछ। लगनशीलता वा धैर्यले आँटेको कार्य समयमा सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। प्रतिस्पर्धामा सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।
कुम्भ
Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विद्यार्थीहरूलाई उच्च शिक्षामा नयाँ अवसरहरू मिल्नेछ। रचनात्मक कार्यमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा भाग्यको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
मीन
Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
नोकरी वा पेशामा सहयोगीहरूले भनेजस्तो सहयोग नदेलान्। व्यर्थको वाद विवादबाट बच्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
हाम्रो पात्रो बाट





























